खेलकुद

अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा

अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा
पोखरा, ८ जेठ/ आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लबलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८… पुरा पढौ

गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’

गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’
पोखरा, ७ जेठ/ तमु धीं यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ । बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता नजाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो । सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय… पुरा पढौ

परम्परागत तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

परम्परागत तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने
पोखरा, ७ जेठ/ परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन समेत गर्दै आएको छ । परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले… पुरा पढौ

अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समिकरण पुरा

अरण्यज्योति कप क्रिकेटमा सेमिफाइनल समिकरण पुरा
पोखरा, ६ जेठ/ लुम्बिनी विकास बैंक लिमिटेड अरण्यज्योति क्रिकेट प्रतियोगितामा समुह ‘ख’बाट पेलिकेण्स तनहुँ र साँग्रिला क्रिकेट क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा जित हाँसिल गर्दै समान चार अंक सहित यि दुई क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन् । यो संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब आइतबार हुने सेमिफाइनलमा ग्रुप ए को विजेता अरण्यज्योतीले गु्रप बि को उपविजेता साँग्रिलासंग तथा ग्रुप बि को विजेता तनहुँले ग्रुप ए को उपविजेता बाग्लुङसंग प्रतिस्पर्धा गर्नेछ । शनिबारको पहिलो… पुरा पढौ

व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई

व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो । महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग… पुरा पढौ

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन
पोखरा, ५ जेठ/ अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथनको तयारी अगाडी बढेको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनको तयारी गरेको हो । तेस्रो सस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुदैछ । कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनको तयारी भईरहेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । तेस्रो संकरणका अन्नपूर्ण म्याराथनका लागि अहिले सम्म २० जना पुरुष र ५ जना महिलाले नाम दर्ता… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु, किङ्स क्रिकेट क्लबको विजयी शुरुवात
पोखरा, ३ जेठ/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । उसले बुधबार माछापुच्छे« क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।… पुरा पढौ

परिषदका नवनियुक्त सदस्य सचिव शर्माले गरे पद बहाली

श्रीधर शर्मा
पोखरा, २ जेठ/ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गरेका छन् । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरेको हो । सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए । सो अवसरमा बोल्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए । उनले भने–“प्रदेश सरकारले मलाई जुन जिम्मेवारी… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु, किङ्स क्रिकेट क्लबको विजयी शुरुवात

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु, किङ्स क्रिकेट क्लबको विजयी शुरुवात
पोखरा, २ जेठ/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० सुरु भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिएका छन् । प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिएका हुन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ । उद्घाटन खेल किङ्स… पुरा पढौ

पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टिम प्रथम

खेलकुद हराए छ कि क्या हो ?पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम
पोखरा, २९ बैशाख/ कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र… पुरा पढौ