काभा महिला भलिबल च्यालेन्जमा नेपाल उपबिजेतामा सिमिति

-


     क्लिक गण्डकी     
     जेठ १० गते २०८० मा प्रकाशित


काभा महिला भलिबल च्यालेन्जमा नेपाल उपबिजेतामा सिमिति

काभा महिला भलिबल च्यालेन्जमा नेपाल उपबिजेतामा सिमिति

पोखरा, १० जेठ/ नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ ।

आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो । समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।-१२, २६-२४, २०-२५ र २५-२१ ले पराजित भएको हो । अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ ।

अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २४-२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५-१६, २५-११, २५-१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेकोको ।



Tags: