खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
पोखरा २७ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए ।… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप हुने

लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप हुने
पोखरा, २७ वैशाख/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए । प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब,… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार
पोखरा, २३ बैशाख/ पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो । पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका करण केसीले टेनिसका प्रदीप खड्का, आर्चरीका गंगाबहादुर कुबँरलाई पछि पार्दै उपाधि जिते । त्यसै गरी सावित्रा भण्डारीले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् । वर्ष खेलाडी पुरुष र वर्ष… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड आज, पत्रकारको अवार्ड सागर राज तिमिल्सिनालाई, मेक्सम गौडेलले हसाँउने

सागर राज तिमिल्सिना
पोखरा, २३ बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागर राज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, विग एफएम, एभिन्युज टेलिभिजन,… पुरा पढौ

वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा

वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा
पोखरा २० बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा… पुरा पढौ

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरा, १९ बैशाख/ पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताए । निशुल्क रुपमा आयोजित उक्त प्रशिक्षणको प्रशंसा गर्दै सांसद बरालले… पुरा पढौ

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अब भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने
पोखरा, १९ बैशाख/ नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्दै एशिया कपका लागि छनोट भएको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले अब सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान सगँ खेल्ने छ । युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । गुल्सनले ८४ बलमा… पुरा पढौ

रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड
पोखरा १८ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ । यसरी प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने… पुरा पढौ

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने
पोखरा, १८ बैशाख/ एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सोमबारका लागि स्थगित भएको छ । मंगलबार यहि अवस्थाबाट खेल सुरु हुनेछ क्रिकेट संघले जनाएको छ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । खेल सोमबार कै अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप… पुरा पढौ

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी
पोखरा, १८ बैशाख/ कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की… पुरा पढौ