अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८० मा प्रकाशित


अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

पोखरा, ५ जेठ/ अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथनको तयारी अगाडी बढेको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनको तयारी गरेको हो । तेस्रो सस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुदैछ ।

कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भए पनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनको तयारी भईरहेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । तेस्रो संकरणका अन्नपूर्ण म्याराथनका लागि अहिले सम्म २० जना पुरुष र ५ जना महिलाले नाम दर्ता गरिसेको अध्यक्ष गुरुङले बताए । उनले करिब ७० जना म्याराथन धवकहरुले भाग लिने बताए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा म्याराथनसहित महोत्सव समेत गर्ने तयारीमा छ । महोत्सव जेठ १७ देखि २० गतेसम्म हुने संयोजक ललित गुरुङले जानकारी दिए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रुपमा मनाइन्छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद १ लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले १ लाख रुपैयाँ र तृतीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



Tags: