खेलकुद

मुआथाई गण्डकी प्रदेश संघको अध्यक्षमा दिपक गोदार

मुआथाई गण्डकी प्रदेश संघको अध्यक्षमा दिपक गोदार
पोखरा, २२ चैत/ मुआथाई गण्डकी प्रदेश संघको अध्यक्षमा दिपक गोदार चयन भएका छन् । प्रशिक्षक समेत रहेका गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो । महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ (तनहुँ अध्यक्ष), शुशिल सुनार (पर्वत), सुजन लामिछाने (बाग्लुङ, महेन्द्र थापा (स्याङजा), सुनिल थापा (कास्की अध्यक्ष) छन् । त्यस्तै जितु शाही (कास्की), विकास गुरुङ (कास्की) र कृष्ण कार्की (कास्की) रहेका छन्… पुरा पढौ

पोखराका सुमन घिमिरे पोर्चुगलको नेशनल क्रिकेट टिममा

सुमन घिमिरे
पोखरा, २१ चैत/ पोर्चुगलले आगामी साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दै छ । टी–२० सँगै यी तीनदेश बीच टी–१० प्रतिस्पर्धा हुने छ । मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन् । चारवर्ष अघि पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् । पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन् २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले । जहाँ उनी म्यान अफ दि म्याच बने । सन् २०१९ मा उनी पोर्चुगल… पुरा पढौ

पोखरामा राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान

सुमित श्रेष्ठ (मेस्सी)
पोखरा, २० चैत/ पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ । नेपालले काठमाडौंमा सम्पन्न थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो । पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई अर्पण गरे । सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे । उनले श्रेष्ठलाई बाल्यकालदेखि नै… पुरा पढौ

नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन

नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
पोखरा,२० चैत / राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर (देवेन्द्र) केसी चयन हुनुभएको… पुरा पढौ

दुवाथलन तर्फको उपाधी साउद र स्नेहललाई

पोखरा, १९ चैत/ पोखरामा सम्पन्न दुवाथलन पुरुष तर्फको उपाधी युएईका साउद अलजावी र महिला तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् । २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी ५९ मिनट २७ सेकेन्डमा पुरा गरे । नेपाल ट्राइयाथलन संघको आयोजनमा भएको महिला तर्फ जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितिन् । पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९… पुरा पढौ

भारतिय सेना इन्टर बटालियन भलिबलको उपाधि ५/३ जिआरले उचाल्योे

भारतिय सेना इन्टर बटालियन भलिबलको उपाधि ५/३ जिआरले उचाल्योे
पोखरा, १९ चैत/ भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा भएको भलिबल प्रतियोगिताको उपाधि ५÷३ जिआरले उचालेको छ । भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ । सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३/९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो ।… पुरा पढौ

एशिया कप ट्रायथोलनको उपाधि लम्जम्बर्गका हलेर र महिला तफ स्लोभाकियाकी बिकानोभाललाई

एशिया कप ट्रायथोलनको उपाधि लम्जम्बर्गका हलेरलाई । तस्बिरः सुर्दशन रन्जित
पोखरा, १८ चैत/ तेस्रो एशिया ट्रायथोलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हलेरले जितेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पौडी, साईक्लिङ र दौड पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले ५५ मिनेट ५७ सेकेण्डको समयमा पुरा गरे । नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा खेलाडीले ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड पुरा गरेका छन्… पुरा पढौ

सहारा एकेडेमीमा चौथो व्याचमा ३० बालक भर्ना गर्ने

सहारा एकेडेमीमा चौथो व्याचमा ३० बालक भर्ना गर्ने
पोखरा, १६ चैत/ पोखराको सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा नयाँ भर्ना गर्ने भएको छ । २०५८ सालदेखि सञ्चालन हुदैँ आएको एकेडेमीमा बैशाखदेखि चौथो ब्याचका लागि बालकहरु नयाँ भर्ना गर्ने सहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सहाराले प्रशिक्षार्थी बालकहरुका लागि न्यूनतम योग्यता तथा मापदण्ड समेततय गरेको जानकारी दिएको छ । सहाराले नयाँ ब्याचका लागि ३० जना असहाय, विपन्न बालकहरुलाई भर्ना गर्ने सहारा क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले जानकारी दिए । सहारा एकेडेमीका… पुरा पढौ

एशियन ट्राईयाथलन कप शनिबार पोखरामा हुने

एशियन ट्राईयाथलन कप
पोखरा, १५ चैत/ नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ । ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोरखामा ट्राईयाथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि।मी। साईक्लिङ्ग र ५ किमी दौडको ट्राईयाथलन र ५ किमी दौड, २० किमी साईक्लिङ्ग र २.५ किमी दौडको दुवाथलन हुने छ । ४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३०… पुरा पढौ

वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा

वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा
पोखरा, १४ चैत/ रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो । बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज… पुरा पढौ