एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने

-

     क्लिक गण्डकी     
     वैशाख १८ गते २०८० मा प्रकाशित

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने

पोखरा, १८ बैशाख/ एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सोमबारका लागि स्थगित भएको छ ।

मंगलबार यहि अवस्थाबाट खेल सुरु हुनेछ क्रिकेट संघले जनाएको छ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

खेल सोमबार कै अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ ।

नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् ।

Tags: