खेलकुद

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

विद्याप्रसाद मर्सानी
पोखरा १७ बैशाख/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर… पुरा पढौ

वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज

वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज
पोखरा १६ बैशाख/ गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ । यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम यहीं बैशाख २३… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा

पोखरा स्पोर्टस अवार्डः उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा
पोखरा १५ बैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ । मनोनयनमा सार्वजनिक भएका विधा मध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । यो विधा तर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन्… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः मझेरी रिर्सोट एण्ड स्पाको साथ

पोखरा स्पोर्टस् अवार्डः मझेरी रिर्सोट एण्ड स्पाको साथ
पोखरा, १४ बैशाख/ बैशाख २३ गते पोखरामा हुने सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सफल पार्न मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको छ । उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । बिहिबार रिर्सोटका अध्यक्ष अर्जुन खनाल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । मञ्चले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन प्रबद्र्धन… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
पोखरा, १३ बैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा अधिकारी
पोखरा, ११ बैशाख/ मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् । त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता, सहयोगी जोडिनेक्रम जारी

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता, सहयोगी जोडिनेक्रम जारी
पोखरा, १० बैशाख/ पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिव्र रुपमा अगाडि बढाइरहेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष… पुरा पढौ

पोखरा म्याराथनमा ४ लाख ४१ हजार आम्दानी, पुरस्कार राशी बढाउने प्रस्ताव

पोखरा म्याराथनमा ४ लाख ४१ हजार आम्दानी, पुरस्कार राशी बढाउने प्रस्ताव
पोखरा, ९ बैशाख/ १७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार आम्दानी भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । मञ्चको पोखरामा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिइएको हो । गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो ।… पुरा पढौ

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

स्पन्दन उदास
पोखरा ९ बैशाख/ पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् । उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् । उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः ‘उत्कृष्ट प्रशिक्षक’ ह्यूस्टनले प्रायोजन गर्ने

पोखरा स्पोर्टस् अवार्डः ‘उत्कृष्ट प्रशिक्षक’ ह्यूस्टनले प्रायोजन गर्ने
वैशाख ७ पोखरा / ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको… पुरा पढौ