
एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने
पोखरा, १९ बैशाख/ नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्दै एशिया कपका लागि छनोट भएको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले अब सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान सगँ खेल्ने छ ।
युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए ।
त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए । कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे । ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे ।
सोमबार १ सय ६ रन बनाएको युएई ११७ रनमा अलआउट भयो । युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो ।
मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो। मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच आउट भए ।





