पोखरा, २३ कात्तिक/ पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते शनिबार हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक हिमालयन टुरिजम फोरमलका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ ।प्रतियोगिता अन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ ।…
पुरा पढौ