राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु

-


     क्लिक गण्डकी     
     मंसिर ९ गते २०८१ मा प्रकाशित


राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

राष्ट्रिय माविमा कास्की जिल्ला अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा, ९ मंसिर/ पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ ।

प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको जस अन्तर्गत हीरक महोत्सव नजिकिदै गर्दा अन्तर विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता आयोजना गरेर विद्यालय हरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने काम भएको वताए ।

खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक संग संगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।

खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्र तर्फ २६ टीम छात्र र १३ टीम छात्राहरु को सहभागीता रहेको वताए । प्रतियोगितामा छात्र/छात्रा भलिबल दुवै तर्फ प्रथम हुनेले नगद पचास हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद तीस हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेद्धन ।

त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक तेज बहादुर गुरुङले जानकारी दिए ।



Tags: