पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा
पोखरा, ११ मंसिर/ पोखराको क्रिकेट मैदान हेर्न आईसिसिको टोली पोखरामा आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।
आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको छ । त्यसकै तयारीका लागि पोखराको मैदान उपयुक्त हुने वा नहुने बन्ने बारेमा हेर्न दुई जनाको टोली पोखरा आएको हो ।
उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्दै मैदान तयारीका लागि आवश्यक पुर्वाधार निमार्णका लागि महानगर लाग्ने बताए ।
पोखराका क्रिकेट मैदानमा १३ औ सागका बेला पनि महिला क्रिकेटका खेलहरु भएका थिए । आइसिसिका प्रतिनिधिहरुले १३ औ साग पछि पनि किन क्रिकेट मैदानका काम हुन नसकेको हो भनेर प्रश्न गरेका थिए ।
यू–१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन । यस वर्ष मात्रै छनौट खेलेर छानिएको छ । पोखराको मैदानमा अहिले एनपिएलको टोली पोखरा एभेन्जरले अभ्यास गरिरहेको छ ।