नेपाल र स्कटल्यान्ड बीचको खेल रद्द

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


नेपाल र स्कटल्यान्ड बीचको खेल रद्द

नेपाल र स्कटल्यान्ड बीचको खेल रद्द

पोखरा, २० कात्तिक/ हावाहुरीको सम्भावना देखी पछि आईसीसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि खेल रोकिएको थियो ।

अमेरीकाको राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना छ । जसको कारण खेल स्थगित भएको हो । योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।