
कर्णाली र काठमाडौंको खेल शुरु
पोखरा, १९ मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स विरूद्ध काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
बुधबारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो।
काठमाडौंले पनि पहिलो खेल गुमाएको थियो । काठमाडौंलाई चितवन राइनोजले पराजित गरेको थियो । खेल शुरु भएको छ ।





