पोखरा, १९ मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स विरूद्ध काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बुधबारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमाडौंले पनि पहिलो खेल गुमाएको थियो । काठमाडौंलाई चितवन राइनोजले पराजित गरेको थियो । खेल शुरु भएको छ । https://www.youtube.com/watch?v=gdv399jVvNU&ab_channel=ActionSportsHD
पुरा पढौ