खेलकुद

पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट लिग कप–२०८२ 

पोखरामा आजदेखि अन्तर कलेज क्रिकेट लिग कप–२०८२ 
पोखरा, १८ असार / पोखरामा आजदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू),… पुरा पढौ

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार चौथो साता

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार चौथो साता
पोखरा, १० असार/ लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई
पोखरा, ९ असार/ पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधिस्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ । स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने
पोखरा, ५ असार/ गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल… पुरा पढौ

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको जित, अर्को एक खेलमा कास्की विजयी

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको शनसनीपूर्ण जित, अर्को एक खेलमा कास्की विजयी
पोखरा, ४ असार/ गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ । कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान… पुरा पढौ

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा
पोखरा–२ असार/ कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु
पोखरा, १ असार/ पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो । कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
पोखरा, ३१ जेठ/ शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८,… पुरा पढौ

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा
पोखरा, ३० जेठ/ दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि शनिबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा
पोखरा, २९ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा प्रबेश गरेका छन् । एभेरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई र स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पोल ‘ए’ को अन्तिम खेलमा एपिएफले रामुपरमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग खेल्ने… पुरा पढौ