खेलकुद

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको जित, अर्को एक खेलमा कास्की विजयी

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः नवलपुर विरुद्ध पर्वतको शनसनीपूर्ण जित, अर्को एक खेलमा कास्की विजयी
पोखरा, ४ असार/ गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ । कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान… पुरा पढौ

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा
पोखरा–२ असार/ कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु
पोखरा, १ असार/ पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो । कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
पोखरा, ३१ जेठ/ शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८,… पुरा पढौ

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा
पोखरा, ३० जेठ/ दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि शनिबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा
पोखरा, २९ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा प्रबेश गरेका छन् । एभेरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई र स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पोल ‘ए’ को अन्तिम खेलमा एपिएफले रामुपरमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग खेल्ने… पुरा पढौ

प्रचण्ड कप भलिबलः पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

भलिबल
पोखरा, २८ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल कप प्रतियोगितामा न्यु डायमण्ड र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । टिप टप न्यु डायमण्डले गण्डकी प्रदेश र नेपाल पुलिसले रामपुरलमाथि सहज जित निकाल्दै प्रचण्ड कपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न पोल ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । रामपुरलाई २५–७, २५–९ र २५–९ अंकले हरादै पुलिस पोल ‘ए’ को विजेता बन्यो । पुलिसले उद्घाटन खेलमा… पुरा पढौ

पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल सुरु, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल सुरु, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत
पोखरा, २७ जेठ / पोखरामा आजदेखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२१, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम
पोखरा, २५ जेठ/ सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो… पुरा पढौ

पोखरा १७ छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते

पोखरा १७ छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्वर १७ छहारी टोल विकास संस्थाको आयोजनामा जेठ २४ गते सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । टोल विकास संस्थाको आयोजनामा हुने सडक दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने उनले जानकारी दिए । विद्यालयस्तरीयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी… पुरा पढौ