खेलकुद

अन्तर विद्यालय छात्र टि–२० क्रिकेट- प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा
पोखरा, २२ जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिम साता

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिम साता
पोखरा, २१ जेठ/ जेठ अन्तिम साता पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैंछ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी भएको हो । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहने नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोईरालाले जानकारी दिए । उनले पोखरालाई खेलकुदको शहर तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र पोखरा भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न… पुरा पढौ

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी
पोखरा, २० जेठ/ पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधी अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो । छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस… पुरा पढौ

अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताः मदरल्याण्ड सेमीफाइनलमा

अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताः मदरल्याण्ड सेमीफाइनलमा
पोखरा, २० जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो । सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेटमाः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय क्रिकेटमाः डायमण्ड र प्रतिभाको बिजयी शुरुवात
पोखरा, १९ जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी शुरुवात गरेका छन् । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्न ज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेका हुन् । आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न… पुरा पढौ

डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम

डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम
पोखरा, १८ जेठ/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद… पुरा पढौ

पोखरा महानगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा १५ लाई

पोखरा महानगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा १५ लाई
पोखरा, १८ जेठ/ हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा वडा नं १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं १ ले नगद ५५ हजार ५ सय… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट शुरु, मदरल्याण्डको बिजयी शुरुवात

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट शुरु, मदरल्याण्डको बिजयी शुरुवात
पोखरा, जेठ १७/ पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले बिजयी शुरुवात गरेको छ । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्डले वाराही माविलाई ९ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । वाराहीले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा आएको मदरल्याण्डले निर्धारित १५… पुरा पढौ

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता शुरु
पोखरा, १५ जेठ/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता शुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गरे । खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न १ र १५ भिड्ने

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न १ र १५ भिड्ने
पोखरा, १५ जेठ/ हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न २५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २-२ गोल बाराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी… पुरा पढौ