प्रचण्ड कप भलिबलः पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८२ मा प्रकाशित


भलिबल

भलिबल

पोखरा, २८ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल कप प्रतियोगितामा न्यु डायमण्ड र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् ।

टिप टप न्यु डायमण्डले गण्डकी प्रदेश र नेपाल पुलिसले रामपुरलमाथि सहज जित निकाल्दै प्रचण्ड कपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न पोल ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । रामपुरलाई २५–७, २५–९ र २५–९ अंकले हरादै पुलिस पोल ‘ए’ को विजेता बन्यो ।

पुलिसले उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले नै पाखा लगाएको थियो ।

न्यु डायमण्डले गण्डकीलाई सोझो सेटमा हरायो । न्यु डायमण्डले २५–८, २५–१० र २५– १२ अंकले हराउदै पोल वि को विजेता बन्यो । न्यु डायमण्डले मंगलबार एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराएको थियो ।

नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको च्याम्पियन टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।



Tags: