खेलकुद

पोखरामा बिहीबार देखी हुने एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

पोखरामा बिहीबार देखी हुने एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक
पोखरा, ७ जेठ/ बिहीबारदेखि पोखरामा सुरु हुने नवौं पीएम कप एनभीए महिला÷पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने खेल बिहीबार विहान ८ बजे महिलातर्फ एपीएफ र कर्णालीको बीचमा हुनेछ । उद्घाटन खेल दिउँसो चार बजे गण्डकी प्रदेश र कोशी प्रदेश बिच हुनेछ । त्यस्तै पुरुषतर्फ पहिलो खेल दिउँसो १२ बजे एपीएफ र सुदुरपश्चिमको बीचमा हुनेछ । बिहीबार नै महिलातर्फ थप एक खेल र पुरुषतर्फ थप ३ खेल पनि हुनेछन् । प्रतियोगिताको… पुरा पढौ

पोखरामा पिएम कप भलिबल प्रतियोेगिता बिहीबार देखी

पोखरामा पिएम कप भलिबल प्रतियोेगिता बिहीबार देखी
पोखरा, ६ जेठ/ नवौं संस्करणको पिएम कप महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्डहलमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमले भाग लिने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, र मणिमुकुन्द क्लब बुटवल सहभागी हुनेछन् ।… पुरा पढौ

लम्जुङमा साम्बा चोक

सावित्रा भण्डारी साम्बा चोक
पोखरा, ५ जेठ/ लम्जुङको मर्स्याङ्दी गाउँपालिका ९ खुदि वारीमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा साम्बा चोक नामाकरण गरेका छन् । पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास
पोखरा, ६ बैशाख/ नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी… पुरा पढौ

वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड
वैशाख, २६ पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उत्कृष्ट प्रशिक्षक तर्फको विधामा फुटबलका राजेन्द्र तामाङ, भलिबलका रमेश केसी र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा परेका छन् । राजेन्द्र तामाङ, फुटबल कास्कीका राजेन्द्र तामाङ… पुरा पढौ

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप, सुमित र विश्वासबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर ?

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप, सुमित र विश्वासबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर
वैशाख २४, पोखरा / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये वर्ष उत्कृष्ट पुरुष खेलाडीतर्फको विधामा टेनिसका प्रदीप खड्का, फुटबलका सुमित श्रेष्ठ र भलिबलका विश्वास अधिकारी उत्कृष्ट तीनमा परेका छन् । तीन मध्ये उत्कृष्ट… पुरा पढौ

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

फुटबल
पोखरा – पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल… पुरा पढौ

वर्ष उत्कृष्ट महिला खेलाडीमा अरुणा, सुस्मिता र कृपाबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर ?

वर्ष उत्कृष्ट महिला खेलाडीमा अरुणा, सुस्मिता र कृपाबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर रु
वैशाख २३, पोखरा / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये वर्ष उत्कृष्ट महिला खेलाडीतर्फको विधामा भलिबलकी अरुणा शाही, आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ उत्कृष्ट तीनमा परेका छन् । तीन मध्ये… पुरा पढौ

पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि
पोखरा, २२ बैशाख/ नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो ।… पुरा पढौ

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई
वैशाख २१, पोखरा/ ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था… पुरा पढौ