
पुलिसलाई पराजित गर्दै गण्डकीको तेर्सो जित
पोखरा, १२ जेठ/ नवौं पिएम एनभिए भलिबल लिगको पाँचै दिन आज पनि ६ खेल हुदैछन् । महिला तर्फ २ र पुरुष तर्फ ४ खेल हुने छन् । पहिलो तर्फ एभेरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश विच पहिलो खेल हुनेछ भने नेपाल पुलिस र त्रिभुवन आर्मीक क्लब बिच दोस्रो खेल हुनेछ ।
पुरुष तर्फ गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेश सगँ खेल्ने छ । दोस्रो खेलमा त्रिभुवन आर्मीक क्लब र कोशी प्रदेश आम्नेसाम्ने हुदाँ तेस्रो खेलमा हेल्प नेपाल र मणिमुकुन्द्र भलिवल क्लब विच खेल हुनेछ । पाँचै दिनको अन्तिम खेल एपिएफ र नेपाल पुलिस क्लब बिच हुनेछ ।
प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।





