न्यु डायमण्ड नवौं पिएफ कप एनभिए लिगको फाइनलमा

-


     क्लिक गण्डकी     
     जेठ १४ गते २०८२ मा प्रकाशित


न्यु डायमण्ड नवौं पिएफ कप एनभिए लिगको फाइनलमा

न्यु डायमण्ड नवौं पिएफ कप एनभिए लिगको फाइनलमा

पोखरा, १३ जेठ/ नवौं पिएम कप एनभिए लिगको महिलातर्फ न्यु डायमण्ड फाइनल प्रबेश गरेको छ । न्यु डायमण्डले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै फाइन प्रबेश गरेको हो ।

न्यु डायमण्डले एपिएफलाई २५–१८, २५–२२ र २५–१६ ले विजयी हुदै ३ अंक प्राप्त ग¥यो । चार खेल खेल्दै डायमण्डले १२ अंक सहित शिर्ष स्थानमा रहेको छ । नेपाल पुलिस क्लब ११ अंकका साथ दोस्रो स्थान रहेको छ । एपिएफ ७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जित निकालेको छ । लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३–० को जित निकाल्यो ।

एकपक्षीय खेलमा आर्मी २५–१३, २५–६ र २५–१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ । कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।