
गण्डकी, पुलिस र हेल्प नेपालको दोस्रो जित
पोखरा, १० जेठ/ नवौं पिएम कप एनभिए लिगमा पुरुष तथा महिलाका गरेर ७ खेल हुदै छन् । महिला तर्फ तीन र पुरुष तर्फ ४ खेल हुने नेपाल भलिबल संघले जनाएको छ ।
महिला तर्फको पहिलो खेल नेपाल पुलिस क्बल र कर्णाली सँग हुनेछ । त्यसै गरी एपिएफले त्रिभुवन आर्मी क्लब सँगको खेलपछि न्युडामण्डले एभेष्ट भलिबल क्बल सँग खेल्ने छ । पुरुष तर्फ मणिमुकुन्दले त्रिभुवन आर्मी सगँ खेल्ने छ ।
अर्को खेलमा गण्डकी र नेपाल पुलिस बिच हुने छ भने एपिएफले हेल्प नेपालको सामना गर्ने छ । अन्तिम खेल कोशी र सुदुरपश्चिम विच हुने छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । जेठ ८ गतेबाट हुरु भएको प्रतियोगिता जेठ १५ गते सम्म चल्ने छ ।





