
प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा
पोखरा, २९ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा प्रबेश गरेका छन् । एभेरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई र स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पोल ‘ए’ को अन्तिम खेलमा एपिएफले रामुपरमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।
एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग खेल्ने भएको छ । न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । दोस्रो हार बेहोरेको रामपुरले भने प्रतियोगिताबाट बिट मारेको छ ।
एपिएफले पहिलो र दोस्रो सेट समान २५–६ र २५–६ ले आफ्नो बनाएको थियो । तेस्रो सेटमा २५–७ ले जित्दै न्यु डायमन्डसँगको भेट पक्का ग¥यो । एभेरेष्ट भलिबल क्लबले गण्डकीलाई सोझा सेटमा हरायो । एभेरेष्टल फाइनल प्रबेशका लागि नेपाल पुलिस क्लब सगँ खेल्ने छ । गण्डकी भने प्रतियोगिताबाट बाहिरीएको छ ।
नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको च्याम्पियन टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।





