भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाइने

-


     क्लिक गण्डकी     
     श्रावण ३० गते २०८२ मा प्रकाशित


अरुणा शाही

अरुणा शाही

पोखरा, २९ साउन/ म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाउने भएको छ ।

म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबल मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएकी छन् । त्यही योगदानको कदर गर्दै शालिक बनाइने भएको हो ।

शाहीको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ ।

सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन् र गण्डकी प्रदेश टिमको कप्तानी समेत गरेकी छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गरेकी छिन् ।



Tags: