खेलकुद

आइटिएफ जे३० टेनिस टुर पोखराः कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि

आइटिएफ जे३० टेनिस टुर पोखराः कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि
पोखरा, २० मंसिर/ कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् । डबल्सतर्फ पनि युल र… पुरा पढौ

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
पोखरा, १८ मंसिर/ नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि… पुरा पढौ

बोहोराफाँट र झिर हाउसलार्ई क्लबस्तरीय भलिबलको उपाधि, निशा र रेशम सर्वोत्कृष्ट खेलाडी

बोहोराफाँट र झिर हाउसलार्ई क्लबस्तरीय भलिबलको उपाधि निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
पोखरा, १४ मंसिर/ पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आइतबार भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ बोहोराफाँट र नरेठाँटी गलकोट उपाधिका लागि भिड्ने

पोखरामा क्लबस्तरीय भलिबलः तीन टोली सेमिफाइनलमा
पोखरा, १३ मंसिर / पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज) मा शनिवार पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः तीन टोली सेमिफाइनलमा

पोखरामा क्लबस्तरीय भलिबलः तीन टोली सेमिफाइनलमा
पोखरा, १२ मंसिर/ पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ । ७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समिकरण भने पूरा भएको छैन । पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शिर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः महिलातर्फ उपाधिका लागि बागलुङ र लामाचौर भिड्ने, पुरुषतर्फ लिगचरणका खेल हुँदै

पोखरामा क्लबस्तरीय भलिबलः महिलातर्फ उपाधिका लागि बागलुङ र लामाचौर भिड्ने, पुरुषतर्फ लिगचरणका खेल हुँदै
पोखरा, १० मंसिर/ पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पराजित गरेको हो । यस्तै महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस… पुरा पढौ

पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने

पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने
पोखरा, ७ मंसिर/ पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता गर्न लागिएको बताए । छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता मार्फत राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने, लुकेर रहेका प्रतिभाहरूलाई दक्ष बनाई व्यवसायिक खेलाडी… पुरा पढौ

टी- २० विश्वकप २०२६ मा नेपाल समुह सि मा

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्
पोखरा, ६ मंसिर/ आगामी वर्ष भारत र श्रीलङ्का संयुक्त रूपमा आयोजना गर्ने टी- २० विश्वकप २०२६ का लागि नेपाल समुह सि मा परेका छ । नेपालले इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली सँग खेल्ने छ । यो समूहमा दुई पूर्व च्याम्पियन इङ्ल्याण्ड र वेस्ट इन्डिज, उपमहाद्वीपमा बलियो प्रदर्शन गर्ने बंगलादेश रहेका कारण यो समूहलाई क्रिकेट विश्लेषकहरूले ‘ग्रुप अफ डेथ’ पनि भन्दै आएका छन्। नेपालका लागि यसै समूहमा शीर्ष दुईमा पर्नु चुनौतीपूर्ण देखिन्छ। समुह एभारत, पाकिस्तान, नेदरल्याण्ड, नामिबिया, संयुक्त राज्य समुह… पुरा पढौ

पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब

पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब
पोखरा, ३ मंसिर/ चित्लाङ फुटबल क्लबलाई टाई ब्रेकरमा हराउदै पोखराको लालीगुराँस फुटबल क्लबले मकवानपुरमा मंगलबार सम्पन्न एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि चित्लाङलाई टाई ब्रेकरमा ३–१ ले हरायो । फाइनलको पेनाल्टी सुटआउटमा विपक्षी प्रहारहरु असफल बनाएका लालीगुराँसका गोलकिपर अञ्जन श्रेष्ठ फाइनलको प्लेयर अफ दी म्याच तथा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । लालीगुराँसकै आशिष गुरुङ, नव जन जागृतिका सुजन डंगोल र काक्रेविहारका अनिश घर्ती उच्च गोलकर्ताको पुरस्कारबाट बिभुषित हुँदा चित्लाङका शिशिर लेखी… पुरा पढौ

पोखरामा पुस दोस्रो साता अटोक्रस च्याम्पियनसिप

पोखरामा पुस दोस्रो साता अटोक्रस च्याम्पियनसिप
पोखरा, २ मंसिर/ पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने छ । आगामी पुस ११ गते पोखरा २३ पामेमा अटोक्रस च्याम्पियनसिप हुने नेपाल अटोमोवाईल्स एशोसियसन (नासा) गण्डकीले जनाएको छ । पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्ने यो च्याम्पियनसिपमा दुईहजार सिसी क्षमताभन्दा कम र दुईहजार भन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने छ । दुईहजार माथि सिसी भएका कार १२ वटा र दुईहजार सिसी भन्दा कमका १२ कारले प्रतिस्पर्धा गर्ने गर्ने नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । च्याम्पियनसिपको लागि नासाले… पुरा पढौ