खेलकुद

पोखरामा २२ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पोखरामा २२ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
पोखरा, ११ पुष/ पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि… पुरा पढौ

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, कस कसले हात पारे उपाधी

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, कस कसले हात पारे उपाधी
पोखरा १० पुष/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

२५औं आहा रारा पोखरा गोल्ड कपको मूल आयोजक समिति र उपसमिति गठन

आहा ! रारा गोल्डकप फुटबल
पोखरा, ७ पुस/ २५औं आहा रारा पोखरा गोल्ड कप–२०८२ फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ । क्लबले अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा ३०१ सदस्यीय मूलआयोजक समिति तथा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै, महासचिव गंगाराज पौडेल सदस्यसचिव र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई प्रतियोगिता संयोजनमा मनोनयन गरिएको छ । यसैगरी, विभिन्न १८ उपसमिति पनि गठन गरिएको छ । क्लबका पूर्व अध्यक्ष,… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई
पोखरा, ७ पुस/ हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजकसहित उपसमिति गठन

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबिचको खेल स्थगित
पोखरा, ४ पुस/ ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।… पुरा पढौ

पोखरामा राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

पोखरामा राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता
पोखरा, २ पुस/ पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली,… पुरा पढौ

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास 

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास 
पोखरा, मंसिर २७ / पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् ।  जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराः सेमीफाइनल समिकरण पुरा

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराः सेमीफाइनल समिकरण पुरा
पोखरा, २५ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका जियालियाङ… पुरा पढौ

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि
पोखरा, २१ मंसिर / पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । ‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता… पुरा पढौ

केज फाइटको तयारी, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

केज फाइटको तयारी, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार
पोखरा, २० मंसिर/ पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो । साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् । पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजले समेत सहकार्यमा हुन लागेको हो । फाइटको प्रबद्र्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज… पुरा पढौ