शान्त माविलाई सृजना कप भलिबलमा दोहोरो उपाधि

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८२ मा प्रकाशित


शान्त माविलाई सृजना कप भलिबलमा दोहोरो उपाधि

शान्त माविलाई सृजना कप भलिबलमा दोहोरो उपाधि

पोखरा, २६ पुस/ शान्त माविले सातौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । उसले गत संस्करणमा पनि दोहोरो उपाधि जितेको थियो ।

फाइनलमा छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय, हेमजा र छात्रातर्फ कन्या मावि, नदीपुरलाई समान २–० सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

विजेताले छात्र तथा छात्रा दुवैतर्फ १ लाख र उपविजेताले ६० हजार रूपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
छात्रतर्फ माछापुच्छ्रे मावि, सार्दीखोला र छात्रातर्फ कालिका मावि, रामबजार तेस्रो भए । उनीहरुले ३५ हजार पाए ।
वेस्ट प्लेयरमा शान्तकै अपेक्षा सुनार र समीर विक घोषित हुँदै जनही ५ हजार पाए ।

शान्तकै दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक बने । विधागत उत्कृष्टलाई पनि भलिबल प्रदान गरिएको थियो । छात्रातर्फ वेस्ट स्पाइकर सञ्जिता फगामी (कन्या), वेस्ट ब्लकर सृजना दर्जी (कालिका), वेस्ट सर्भर पृथ्वी गाहा (शान्त), वेस्ट सेटर सृजना श्रेष्ठ (शान्त), वेस्ट डिफेन्डर स्मारिका राना (कालिका मावि) घोषित भएका हुन् ।

छात्रतर्फ वेस्ट स्पाइकर रिजन विक (गौरीशंकर), वेस्ट ब्लकर निश्चल विक (शान्त), वेस्ट सर्भर रोशन विक (गौरीशंकर), वेस्ट सेटर रोहन तामाङ (माछापुच्छ्रे) र वेस्ट डिफेन्डर ईश्वर तामाङ (माछापुच्छ्रे) घोषित भए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनारासहित तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेल प्रवर्धन गर्ने उद्देश्यले सृजना विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा कक्षा १२ सम्मका छात्रछात्राले भाग लिएका थिए । जसमा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिम सहभागी रहेको थियो ।