खेलकुद

पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
पोखरा, १६ माघ/ न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६… पुरा पढौ

टाइगर कप भलिबलको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कप भलिबलको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने
पोखरा, १५ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल… पुरा पढौ

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, फाइनल पुग्ने सम्भावना कायमै
पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश… पुरा पढौ

पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप

पोखरामा शनिबारदेखि यु १९ महिला साफ च्याम्पियनसिप
पोखरा, १५ माघ/ शनिबारदेखि पोखरामा यु १९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने जानकारी दिएको छ । श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली भने अनुपस्थिति रहने एन्फाले जनाएको छ । प्रतियोगितामा पहिलो दिन बंगलादेश र भुटानल पहिलो खेल खेल्दा, नेपाल र भारतले दोस्रो खेल खेल्ने छन् ।एन्फामा सिईयो रत्नकुमार श्रेष्ठले प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार… पुरा पढौ

टाइगर कप भलिबलः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

टाइगर कप भलिबलः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
पोखरा, १४ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित

टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित
पोखरा/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो… पुरा पढौ

टाइगर कप भलिबलः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

टाइगर कप भलिबलः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित
पोखरा, १२ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले… पुरा पढौ

टाइगर कप भलिबलः विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित

टाइगर कप भलिबलः विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित
पोखरा, ११ माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो । यसअघि भएको खेलमा पुरुषतर्फ… पुरा पढौ

टाइगर कप भलिबलः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

टाइगर कप भलिबलः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध
पोखरा, १० माघ/ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट… पुरा पढौ

पोखरा १५ बृहत खेलकुद महोत्सवः विद्यालय स्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी

पोखरा १५ बृहत खेलकुद महोत्सवः विद्यालय स्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी
पोखरा, ९ माघ/ पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि. ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन । दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८… पुरा पढौ