पोखरामा साफ महिला यु–१९ शुरु, नेपाल भारत सँग पराजीत

-


     क्लिक गण्डकी     
     माघ १८ गते २०८२ मा प्रकाशित


पोखरामा साफ महिला यु–१९ शुरु,

पोखरामा साफ महिला यु–१९ शुरु,

पोखरा, १७ माघ/ पोखरामा पहिलो पटक भएको यु–१९ महिला साफ फुटबल च्याम्पिअनसिपमा भारतले विजयी शुरुवात गरेको छ । भारतले शनिबार भएको खेलमा नेपाललाई हराउदै विजयी सुरुआत गरेको हो ।

भारतले खेलको ४८ औँ मिनेटमा पल फर्नान्डेजले गरेको गोल नै निर्णायक बन्यो । साफ च्याम्पिअनसिपको पहिलो खेलमा पराजय भोगेको नेपालले दोस्रो खेल सोमवार भुटानविरुद्ध खेल्ने छ । भारतले सोमबार बाङ्ग्लादेशसँग खेल्ने छ ।

त्यसै गरी शनिबार नै भएको पहिलो खेलमा बाङ्गलादेशले भुटानलाई १२–० ले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । च्यम्पिअनसिपमा नेपाल, भारत, बाङ्ग्लादेश र भुटान सहभागी छन् । दक्षिण एशियाली सहयोग सङ्गठनमा आबद्ध श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने यसमा सहभागी छैनन् ।