
साफ यु–१९ महिला फुटबलमा नेपालले भुटानलाई २—१ ले हरायो
पोखरा, १९ माघ/ पोखरामा जारी दक्षिण एशियाली खेलकुद महासंघ साफ यु–१९ महिला च्याम्पियनसिप अन्तरगत भएको खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको छ । । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा नेपालले भुटानलाई २- १ ले पराजित गरेको हो ।
नेपालको जितमा सृजना बडुवाल र प्रजिता राईले एक एक गोल गरे । खेलको ३६ औं मिनेटमा सृजना बडुवालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको ६९ औं मिनेटमा प्रजिता राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन ।
खेलको ८७ औं मिनेटमा भुटानको तर्फबाट सोनम छोडेन गोल गरीन् । खेल अवधिभर निकै दवाबमा राखेको नेपालले धेरै अवसरहरु गुमाएको थियो । च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसङ १ गोलअन्तरले पराजित भएको थियो ।
आइतबार भएको पहिलो खेलमा बङगालादेशले भारतलाई २-० ले पराजित गरेको छ । च्याम्पियनसिपमा बङ्गलादेशले अपराजित यात्रा कायम गरेको छ । २ खेल खेलेको बङ्गलादेशले यसअघि भएको खेलमा भुटानलाई १२ गोल अन्तरले फराकिलो जित निकालेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी छन् । प्रतियोयगिता २४ गतेसम्म चल्नेछ ।





