साफ यु–१९ महिला च्याम्पियनसीपको उपाधि भारतलाई

-


     क्लिक गण्डकी     
     माघ २५ गते २०८२ मा प्रकाशित


साफ यु–१९ महिला च्याम्पियनसीपको उपाधि भारतलाई

साफ यु–१९ महिला च्याम्पियनसीपको उपाधि भारतलाई

पोखरा, २४ माघ/ साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ को उपाधि भारतले जितेको छ । भारतले बंगलादेशलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो । भारतले लिग चरणको खेलमा बंगलादेश सगँ २–० गोलले हारेको बदला समेत लियो ।

खेलमा भारतले पहिलो हाफमै अग्रता बनाउँदै दोस्रो हाफमा दबाब कायम राख्दै सहज जित निकाल्यो । भारतका लागि ४२ औ मिनेटमा जुलान नोंगमैथेम, ६३ औं मिनेटमा एलिजाबेड लाक्रा, ६८ औंं मिनेटमा पर्ल फर्नान्डेस र ८३ औं मिनेटमा अन्विता रघुरामनले एक एक गोल गरे ।

पहिलो हाफमा भारतले १ गोल गरेको थियो भने दोस्रो हाफमा थप ३ गोल गर्दै खेल एकतर्फी बनायो । प्रतियोगितामा भारत, बंगलादेश, नेपाल र भुटान सहभागी दिए ।

प्रतियोगितामा भारतकी मुन्नी उत्कृष्ट गोलकिपर घोषित हुँदा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको अवार्ड बङ्गलादेशकी अल्पी अख्तरले जितिन् ।