२५औ आहा रारा गोल्ड कपमा आयोजक सहाराको बिजयी शुरुवात

-


     क्लिक गण्डकी     
     माघ २८ गते २०८२ मा प्रकाशित


२५औ आहा रारा गोल्ड कपमा आयोजक सहाराको बिजयी शुरुवात

२५औ आहा रारा गोल्ड कपमा आयोजक सहाराको बिजयी शुरुवात

पोखरा, २७ माघ/ २५औ आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी शुरुवात गरेको छ । पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई इन्जुरी समयमा पन्छाउँदै क्र्वाटरफाईनल यात्रा तय गरेको हो ।

सहारा गोर्खा इन्टरनेशनललाई १—० गोल अन्तरले पराजित गर्दै सुखद नजिता निकाल्यो ।

थपिएको समयमा प्रशन्न श्रेष्ठले गोल गर्दै सहाराको जित पक्का बनाए । उनी प्लयेर अफ दि म्याच समेत बने । पोखराको फुटबल इतिहासमै पहिलो पटक बत्तीको सहारामा खेलिएको थियो । तर लो लाइट खेलमा त्यती धेरै उत्साह भने छाएन ।

सहारा क्लबको आयोजनामा मंगलबारदेखि शुरु भएको आहा रारा पोखरा गोल्डकपको उदघाटन समारोहमा वर्ष खेलाडीबाट नेपाली महिला टोलीकी सदस्य प्रिति राईलाई सम्मान गर्यो । गोल्डकप आयोजना गरेको पच्चीसौं वर्षको अवसरमा क्लबले विभिन्न पच्चीस जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको थियो ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए । उनले पोखरामा पोखरासँग भगिनी जोडिएको शहरहरु बीच फुटबल प्रतियोगिता गर्ने योजना रहेको सुनाए । विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।