पोखरा, २९ माघ: बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ । पोखरा १ टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो । लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए । गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो । उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२…
पुरा पढौ