खेलकुद

२१औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि भारतका अक्षय र चाइनाका झाउलाई

२१ औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउलाई
पोखरा, ८ चैत/ नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१ औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउ चेनले जितेका छन् । पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै समान ७ अंक सहित दुबै जनाले प्रथम स्थान हासिल गर्न सफल भए । भारतका इमान रम्तेल ८ अंकका साथ तेश्रो भए । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउदै प्रर्दशनका आधारमा परियार छैटौ र जलारी सातौं स्थानमा आउन सफल… पुरा पढौ

पोखरामा २१ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुँदै

पोखरामा २१ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुँदै
पोखरा, २ चैत/ पोखरामा २१ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ देखि ७ सम्म पर्यटकीय राजधानी पोखरामा प्रतियोगिता हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनमा आयोजक नाका अध्यक्ष अनिल केसीले खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए । विभिन्न तीन इभेन्टमा हुने प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र समूहगत प्रतिस्पर्धा हुनेछ । एक्युरेसी पुरुष र महिलातर्फ प्रथमलाई १… पुरा पढौ

चौथो हिसान गण्डकी फुटसल- प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन

चौथो हिसान गण्डकी फुटसल स् प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन
पोखरा, १८ फागुन/ चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान… पुरा पढौ

चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न

चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
पोखरा, १५ फागुन/ चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात… पुरा पढौ

चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबार देखी, टाइसिट सार्वजनीक

चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबार देखी, टाइसिट सार्वजनीक
पोखरा, १४ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ । शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको उपाधि सहारा क्लबलाई

आहा रारा पोखरा गोल्डकपमको उपाधि सहारा क्लबलाई
पोखरा, ९ फागुन/ २५औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ । जावलाखेल युथ क्लबलाई २–० गोलले हराउदै सहारा क्लबले दोस्रो पटक उपाधि जितेको हो । दोस्रो पटक फाइनल पुगेका जाउवलाखेल उपविजेतामा चित्त बुझायो । सहारा क्लबलाई जित दिलाउन खेलको २५औं मिनेटमा मुकुन्द निउरेले गोल गरे । सहाराका क्याप्टेन सुशील लामाले प्रहार गरेको कर्नर किकलाई हेड मार्फत मुकुन्दले जाली चुमाए । खेलको ७३ औ मिनेटमा विदेशी खेलाडी टाइडानियल बटारुले गोल गरे । सुशील लामाले दिएको क्रसलाई उनले… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा जावलाखेल इतिहास कोर्ने दाउमा, सहारा दोहोर्याउने लक्ष्यमा

आहा रारा पोखरा गोल्डकपमा जावलाखेला इतिहास कोर्ने दाउमा, सहारा दोहोर्याउने लक्ष्यमा
पोखरा, ८ फागुन/ २५ औं संस्करणका आहारारा पोखरा गोल्डकको शनिबार फाईनल पोखरा रंगशालामा हुदैं छ । जावलाखेल र आयोजक सहारा क्लब उपाधिको लागि मैदान उत्रिदै छन् । इतिहास कोर्ने र इतिहास दोहोर्याउने दाउमा दुबै टोली रहेका छन् । सहारा क्लब ९ वर्षपछि फाईनल पुगेको हो । चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिने छ । सहाराले घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्याउने लक्ष्यमा एक कदम मात्रै बाँकी छ । एघारौं संस्करणमा उपविजेता… पुरा पढौ

१४ वर्षपछि जावलाखेल आहा रारा गोल्डकपको फाईनलमा

१४ वर्षपछि जावलाखेल आहा रारा गोल्डकपको फाईनलमा
पोखरा, ७ फागुन/ उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनलमा प्रबेश गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै फाइन प्रबेश गरेको हो । १४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार पोखरामा प्रतिस्पर्धा गर्ने छ । खेलको ५२ औं मिनेटमा कुसान गानिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेल फाईनल… पुरा पढौ

सडन डेथमा मनाङ मस्र्याङदीलाई हराउदै सहारा फाईनलमा

सडन डेथमा मनाङ मस्र्याङदीलाई हराउदै सहारा फाईनलमा
पोखरा, ६ फागुन/ सडन डेथमा मनाङ मस्र्याङदी क्लबलाई हराउदै सहारा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनमा प्रबेश गरेको छ । निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो । अन्तिम पेनाल्टी हानेका सुरेश कुमालको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाएपछि मनाङले सातौं पटक उपाधि उचाल्ने होडबाट बाहिरिन पुग्यो । निरन्तर फाईनल खेल्दै… पुरा पढौ

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा आहा राराको सेमिफाइनलमा

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा आहा राराको सेमिफाइनलमा
पोखरा, ५ फागुन/ उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता सेमिफाइनलमा जावलाखेलसँगको भेट पक्का गरे।जितसंगै आभाले सेमिफाइनलमा फागुन ७ गते जावलाखेलको सामना गर्नेछ । यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल… पुरा पढौ