खेलकुद

“वर्ष उत्कृष्ट प्रशिक्षक” अवार्डमा पूर्व खेलाडीहरुको प्रतिस्पर्धामा

“वर्ष उत्कृष्ट प्रशिक्षक” अवार्डमा पूर्व खेलाडीहरुको प्रतिस्पर्धामा
पोखरा, २७ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ को ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको एउटा रोचक समानता छ । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् । आफ्नो खेल जीवनको उचाइपछि प्रशिक्षकको रूपमा… पुरा पढौ

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड
पोखरा, २६ वैशाख/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डः पिपुल्स च्वाइस अवार्डमा ५ खेलाडी बीच प्रतिस्पर्धा

१० औं पोखरा स्पोर्टस अवार्डः पिपुल्स च्वाइस अवार्डमा ५ खेलाडी बीच प्रतिस्पर्धा
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । मञ्चले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ । जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा… पुरा पढौ

१०औँ  रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

१०औँ  रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक
पोखरा / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा… पुरा पढौ

पोखरामा भएको महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, आर्मी ५–४ ले पराजित

पोखरामा भएको महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, आर्मी ५–४ ले पराजित
पोखरा / नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीम सिमित त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराउदै पुलिस च्याम्पियन बनेको हो । पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै… पुरा पढौ

तेक्वान्दो संघ गण्डकी अध्यक्षमा जगनबहादुर गुरुङ पून निर्वाचित

तेक्वान्दो संघ गण्डकी अध्यक्षमा जगनबहादुर गुरुङ पून निर्वाचित
पोखरा, २० वैशाख/ गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चयन हुनुभएको छ । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ

१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ
पोखरा, ३ बैशाख/ १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ । पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री… पुरा पढौ

पोखरामा रात्रिकालीन सडक दौड, दार्चुलाका मुकेश थापालाई उपाधि, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरामा रात्रिकालीन सडक दौड, दार्चुलाका मुकेश थापालाई उपाधि, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता
पोखरा, २९ चैत/ पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा, २३ चैत/ दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा… पुरा पढौ

दसौँ पोखरा स्पोर्टस् अवार्ड तयारी, उपसमिति गठन

दसौँ पोखरा स्पोर्टस् अवार्ड तयारी, उपसमिति गठन
पोखरा, १६ चैत / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी गरेको छ । सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकार सम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला सम्पन्न भयो । मञ्च अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिए । अवार्डको मूल आयोजक समिति संयोजकमा अध्यक्ष एमबि आस्था तथा सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन् । आर्थिक उपसमिति संयोजक जिम्मेवारी… पुरा पढौ