पोखरामा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

-


     क्लिक गण्डकी     
     असाेज ५ गते २०८३ मा प्रकाशित


पोखरामा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

पोखरामा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा, ५ असोज/ पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतियोगितामा सहभागिता रहने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । एउटा टिमले ३ जना विदेशी खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनको भनाई छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने र करिब ७१ लाख रुपैया आम्दानी हुने क्लबका अध्यक्ष अशोक गुरुङले बताए ।