खेलकुद

एपीएफलाई ३३ औ त्रिवेणी कपको उपाधि

एपीएफलाई ३३ औ त्रिवेणी कपको उपाधि
लमजुङ, २१ पुस/ विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन। करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले… पुरा पढौ

माछापुच्छ्रे टेनिसः मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

माछापुच्छे« टेनिसः मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
पोखरा, १६ पुस/ कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले… पुरा पढौ

माछापुच्छे« टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फ उपाधीका लागि करण र आयुष्मान भिड्ने

माछापुच्छे« टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फ उपाधीका लागि करण र आयुष्मान भिड्ने
पोखरा, १५ पुस/ पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा… पुरा पढौ

द कन्टेन्डर फाइट सिरिज ३ः मुख्य इभेन्टमा सुस्मिता विजयी

द कन्टेन्डर फाइट सिरिज ३ः मुख्य इभेन्टमा सुस्मिता विजयी
पोखरा / साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् । गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन् । उनको यो एक वर्षमा नवौं उपाधि हो । तेक्वान्दोकी खेलाडी समेत रहेकी सुस्मिताले एक वर्षमा ९ वटा प्रोफेसनल फाइन जितेकी छन् । जुन प्रोफेसनल फाइटरले विरलै बनाउने गर्छन् । यस्तै एमएमए मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए । प्रतियोगितामा ३ राष्ट्रका ४८… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविलाई

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविलाई
पोखरा, ११ पुस/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १… पुरा पढौ

पोखरामा २२ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पोखरामा २२ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
पोखरा, ११ पुष/ पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि… पुरा पढौ

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, कस कसले हात पारे उपाधी

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, कस कसले हात पारे उपाधी
पोखरा १० पुष/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

२५औं आहा रारा पोखरा गोल्ड कपको मूल आयोजक समिति र उपसमिति गठन

आहा ! रारा गोल्डकप फुटबल
पोखरा, ७ पुस/ २५औं आहा रारा पोखरा गोल्ड कप–२०८२ फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ । क्लबले अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा ३०१ सदस्यीय मूलआयोजक समिति तथा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै, महासचिव गंगाराज पौडेल सदस्यसचिव र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई प्रतियोगिता संयोजनमा मनोनयन गरिएको छ । यसैगरी, विभिन्न १८ उपसमिति पनि गठन गरिएको छ । क्लबका पूर्व अध्यक्ष,… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई
पोखरा, ७ पुस/ हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजकसहित उपसमिति गठन

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबिचको खेल स्थगित
पोखरा, ४ पुस/ ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।… पुरा पढौ