शिक्षा

मदरल्याडका २ जना विद्यार्थी र फिष्टेल एकेडेमीकि एक जनालाई ४ जिपिए ल्याइन्

एसइई
पोखरा २१ असार/ पोखरा ७ मदरल्याण्ड माविका ४ जना र पोखरा १७ विरौटाको फिष्टेल एकेडेमीमा अध्ययनरत १ जनाले २०७९ को एसइइमा ४ जिपिए ल्याएरका छन् । मदरल्याण्ड मा बि बाट एसइईमा सहभागी १५१ जना विद्यार्थीहरूमध्ये २ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । मदरल्याडकका ७२ जनाले ३.६ देखि ४ जिपिए, ४६ जनाले ३.२ देखि ३.६ जिपिए, ३१ जनाले २.८ देखि ३.२ जिपिए र २ जनाले २.७ जिपिएमा उत्तीर्ण भएका छन् । फिष्टेल एकेडेमीकि प्रनिसा तुलाचनले २०७९ को एसइइमा ४ जिपिए… पुरा पढौ

एसइई नतिजा शुक्रबारभित्रै सार्वजनिक गर्ने (एसइईको नतिजा के मा हेर्ने)

एसइई
पोखरा, २० असार/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आउने शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्षका महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्ने काम अहिले चलिरहेको छ । २०७९ चैतमा भएको एसइई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी भएका थिए । एसइईको नजिता यी माध्यमबाट हेर्न सकिन्छ । पुरा पढौ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै मदरल्याण्ड

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै मदरल्याण्ड
पोखरा, १९ असार / शिक्षाको उज्यालो छर्दै देशदेखि विदेशसम्म आफ्नो पृथक पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै अगाडि बढेको छ । यसले लिएको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण गुणस्तरीय प्रतिस्पर्धी शिक्षासँगै आफ्नो चौतर्फी विकासका लागि विद्यार्थीहरूले मदरल्याण्डलाई नै रोज्ने गरेको अभिभावकहरूको भनाइ छ । राष्ट्रिय शैक्षिक क्षेत्रमा दस जोड दुईपछिको उच्च शिक्षाअन्तर्गत यस विद्यालयबाट प्लस टु गरेका मेडिकलतर्फ एमविविएसमा हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमध्ये सविन आचार्यले प्रवेश परीक्षामा… पुरा पढौ

विरौटामा धान रोपाई सिक्दै मदरल्याण्डका विद्यार्थीहरू

विरौटामा धान रोपाई सिक्दै मदरल्याण्डका विद्यार्थीहरू
पोखरा, १५ असार/ किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर विरौटामा रोपाइँ बारेमा सिकेका छन् । कक्षा सात र आठका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई धानको उत्पादन कसरी हुन्छ र हाम्रो घरघरमा आइपुग्छ भन्ने कुरा जानकारी गराउँदै असारको महत्त्वमाथि प्रकाश पारिएको थियो । यसै अवसरमा विद्यार्थीहरू धान रोप्दै हिलो पनि खेलेका थिए । यसरी प्रयोगात्मक रूपमा खेतमा उपस्थित भएर धान रोप्न र हिलो खेल्न पाउँदा विद्यार्थीहरू निकै… पुरा पढौ

आइएनएफले शुरु गर्योँ ‘शुन्य कुष्ठरोग रणनीति’

आइएनएफले शुरु गर्योँ ‘शुन्य कुष्ठरोग रणनीति’
पोखरा, २६ जेठ/ इन्टरनेशनल नेपाल फेलोशिप (आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो । आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई… पुरा पढौ

पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका १३ नम्बर वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकले गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए ।… पुरा पढौ

विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान

विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान
पोखरा, १९ जेठ/ विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्याण्ड माविले शुक्रबार विद्यार्थी सम्मान गर्दै प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता विद्यालयको शुरु गरेको छ । मदरल्याण्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि नाम चलेका विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी र अविभावकलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्राट ढुङ्गाना हार्वड विश्वविद्यालय, ओस्कार दियाली कर्नेल कलेज अमेरिका, विभूषी तिमिल्सिना र दीक्षा… पुरा पढौ

पोखरामा एयरहोष्टेस (क्याविन क्रु) प्रशिक्षण

पोखरामा एयरहोष्टेस (क्याविन क्रु) प्रशिक्षण
पोखरा, १३ जेठ/ पर्यटकीय नगरी पोखराबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रु प्रशिक्षण सुरु भएको छ । पोखराको नयाँबजारमा रहेको एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमीले यस नयाँ आर्थिक बर्षको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रु प्रशिक्षण गराउने तयारी गरेको एकेडेमीका निर्देशक शोभा केसीले बताइन्। अन्तराष्ट्रिय बजारमा एयरहोस्टेस सहितका क्याविन क्रुको माग भएकोेले त्यसलाई मध्यनजर गरी आफुहरुले अनुभवी प्रशिक्षकहरुबाट ५ महिने क्याविन क्रु तयारी कोर्स र ३ महिने ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी कक्षा संचालन गर्न लागेको उनले बताइन्। सन्… पुरा पढौ

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
पोखरा, १२ जेठ/ सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो । तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना… पुरा पढौ

फलेपाटनको सिद्ध माविका विद्यार्थीलाई पोखरा १५ द्वारा १ लाख छात्रवृत्ति प्रदान

फलेपाटनको सिद्ध माविका विद्यार्थीलाई पोखरा १५ द्वारा १ लाख छात्रवृत्ति प्रदान
पोखरा, १० जेठ/ पोखरा वडा नम्बर १५ कार्यालयले फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा वडा नम्बर १५ अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेबहादुर आले र विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई १ लाखको चेक हस्तान्तरण गरे । उपमेयर गुरुङले पोखरा महानगरपालिकामध्ये १५ नं। वडा कार्यालयको… पुरा पढौ