शिक्षा

डिज्नील्याण्डमा बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन गर्न निर्वाचन

डिज्नील्याण्डमा बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन गर्न निर्वाचन
पोखरा, ३ जेठ/ निर्वाचनको अभ्यास गराउदै डिज्नील्याण्ड एकेडेमीमा शैक्षिक सत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्याण्ड बाल क्लवको नेतृत्व चयन गरिएको छ । कक्षा ६ देखि १० सम्मका १८५ विद्यार्थीलाई समेटेर मतदान प्रक्रिया मार्फत नै नयाँ नेतृत्व चयन गरेको विधालयका प्रचार्य नरेश प्रसाद बरालले बताए । दुवै निवार्चन १८० विद्यार्थीले मतदान गरे भने ५ जना अनुपस्थित रहे । नेपाल जुनियर रेडक्रस सर्कल तर्फ ७१ म्त प्राप्त गर्दै कक्षा ९ की छात्रा आस्था पौडेल सभापतिमा निर्वाचित भइन ।… पुरा पढौ

मदरल्याण्डमा क्याप्टेन छनोटमा निर्वाचन

मदरल्याण्डमा क्याप्टेन छनोटमा निर्वाचन
पोखरा, २ जेठ/ विद्यार्थीहरूमा सैद्धान्तिकका साथ व्यावहारिक शिक्षाका माध्यमबाट चौतर्फी विकास गर्ने उद्देश्यले पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा सोमबार क्याप्टेन छनोटमा निर्वाचन प्रक्रियाको अभ्यास गरिएको छ । नेपालमा प्रचलित निर्वाचन प्रणालीका बारेमा विद्यार्थीहरूलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा चारदेखि दससम्मका विद्यार्थीहरूलाई मतदाता तथा उमेदवारको रूपमा सहभागी गराइएको थियो । विद्यालय तहमा क्याप्टेन छान्न गराइएको पहिलो अभ्यास भएको कुरा बताउँदै विभागीय प्रमुख गुरुदत्त दवाडीले झण्डै दस दिन अघिदेखि यस तयारीमा लागेर मतदाता नामावली, मतपत्र, विद्यार्थीको… पुरा पढौ

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न २१ बुँदे आचारसंहिता जारी

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न २१ बुँदे आचारसंहिता जारी
पोखरा ४ बैशाख/ पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ । संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको छ । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा अन्तिम परीक्षाको नतिजाको बारेमा समेत बृहत छलफल भएको छ । बैठकमा… पुरा पढौ

पोखरा महानगरद्वारा बिज्रकोर्ष र विद्यालय हाता भित्र शैक्षिक सामाग्री बिक्री वितरणमा रोक

पोखरा महानगरपालिका
पोखरा, २५ चैत्र / पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकशत्र २०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरणमा रोक लगाएको हो । महानगरको निर्देशनमा भनिएको छ, “विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी… पुरा पढौ

‘विद्यालयमा राजनीति होइन काम गरौं’

‘विद्यालयमा राजनीति होइन काम गरौं’
पोखरा, २५ चैत/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ । गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी र चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यदालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो… पुरा पढौ

प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत

प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत
पोखरा, २२ चैत/ पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी र खेल समूहलाई मंगलबार शिल्ड र प्रमाणपत्र प्रदान गरेको छ । पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट टिम र खेलाडीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरेको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार गत मंसिर अन्तिम साता विद्यालयमा तीनदिने खेल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीबीच आन्तरिक रुपमा अन्तरसदनात्मक टिम बनाएर प्रतिश्पर्धा गराइएको थियो ।… पुरा पढौ

सम्राट ढुङ्गानालाई करिब ५ करोडको छात्रवृत्ति

सम्राट ढुङ्गानालाई अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पूर्ण छात्रवृत्ति
पोखरा, २० चैत/ पोखराको मदरल्याण्ड माविबाट भर्खर १२ पास गरेका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। विश्वका विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि सबैको रोजाइमा परेको उक्त विश्वविद्यालयले कमै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने गर्दछ भन्दै उक्त विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट छपन्न हजार नौ सय सैँतिस विद्यार्थीहरूले आवेदन दिएका थिए भने तीमध्ये एक हजार नौ सय बयालिसले मात्र भर्ना हुने अवसर पाएका छन् र यो आवेदकमध्ये ३.४१ प्रतिशत… पुरा पढौ

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान पनि हो

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान पनि हो
पोखरा, १८ चैत/ सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महत्व समुदायले नबुुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उनीहरुको भनाई छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरुले बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम… पुरा पढौ

पोखराको मदरल्याण्ड स्कुलका सम्राट ढुंगानालाई हार्वड युनिभर्सिटीमा पुर्ण छात्रवृत्ति

सम्राट ढुंगाना
पोखरा, १८ चैत/ पोखराको मदरल्याण्ड सेकेन्डरी स्कुलका सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट स्नातक तहका लागि पुर्णछात्रवृत्ति पाएका छन् । हार्वड युनिभर्सिटी निकै कम मात्र विद्यार्थीले पुर्ण छात्रवृत्ति पाउने गर्दछन् । उनी कक्षा १२ को नतिजामा गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका थिए । उनले ३.८८ जिपिए ल्याएका थिए। उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जान लागेका हुन् । पुरा पढौ

शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक

शैक्षिक गुणस्तर सुधार्न नीतिगत तहमै आवश्यक
पोखरा, १२ चैत/ विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तिर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारहरुले चिन्ता जनाउन थालेका छन् । उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको… पुरा पढौ