शिक्षा

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग
पोखरा, २६ साउन / प्रस्तावित शिक्षा विधेयक २०८० मा निजि विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजि विद्यालयका संगठनले विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विधेयक २०८० मन्त्रिपरिषदबाट पारित गरेसँगै निजि विद्यालयका संगठनले यसको असन्तुष्ट जनाउदै विरोध गरेका हुन् । कम्पनी मार्फत सञ्चालन विद्यालयहरुलाई ५ वर्ष भित्र गुठीमा रुपान्तरण र दायित्व फरफराकको विषयलाई समावेश गरी निजि लागानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने मात्र होइन मास्ने अभिप्रायका साथ विधेयक… पुरा पढौ

सामुदायिकमा विन्ध्यबासिनी मावि र सस्थागत तर्फ मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम

मदरल्याण्ड मावि
पोखरा, २४ साउन/ एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् । ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइ मा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ । कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो… पुरा पढौ

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ११ औ स्थापना दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । साउन २४ गते पोखरा ट्रेडमा सामुदायिक विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए । पोखरा ः पर्यटन र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सन्तोष कुमार घिमिरेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय सान्त्वना पुरस्कार क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँ… पुरा पढौ

एक्सपर्टको २० औं वार्षिकत्सवमा वृक्षारोपण र सरसफाई

एक्सपर्टको २० औं वार्षिकत्सवमा वृक्षारोपण र सरसफाई
पोखरा, २१ साउन/ एक्सपर्टको २० औं वार्षिकत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई गरिएको र त्यसपछि नजिकै रहेको पिकनिक स्पटमा वृक्षारोपण गरिएको एक्सपर्टका मार्केटिङ म्योजनर विष्णु प्रसाद गौतमले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बराल थिए । बराल पोखरा २२ कै स्थायी बासिन्दा पनि हुन् । कार्यक्रममा बोल्दै बरालले एक्सपर्ट जस्तो शैक्षिक… पुरा पढौ

शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैन– अध्यक्ष थापा

शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैन– अध्यक्ष थापा
पोखरा ९ साउन/ पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् । सामुदायिक विद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए । थापाले बालबालिका सगँ वडा अध्यक्ष कार्यक्रम संचालन गरेको… पुरा पढौ

सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल

सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल
पोखरा, ७ साउन/ प्रत्येक वर्ष बिसौँ हजार विद्यार्थीलाई इन्जिनियरिङ तथा आइटीको प्रवेश परीक्षाको तयारी गराउने संस्था पिइएद्वारा आयोजित हालै काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी इन्जिनियरिङ तथा आइटी क्विज प्रतियोगितामा सेन्ट जेभियर्सलाई पछाडि पार्दै पोखराको मदरल्याण्ड मा।वि। च्याम्पियन बन्न सफल भएको छ। काठमाडौंको एड्भान्स इन्जिनियरिङ कलेज बल्खुमा शनिबार भएको उक्त प्रतियोगितामा देशभरिका करिब ३५० प्लस टुबाट छनोट चरण पार गरेका ४४ समूह अन्तिम प्रतियोगिताका लागि सहभागी भएका थिए। छनोट चरण गत वर्ष माघदेखि भएको बताइएको छ। उक्त प्रतियोगितामा च्याम्पियन हुने विद्यालय मदरल्याण्डबाट कक्षा… पुरा पढौ

एसइईमा ४ जिपिए ल्याउनेलाई मदरल्याण्डका विद्यार्थीलाई सम्मान

एसइईमा ४ जिपिए ल्याउनेलाई मदरल्याण्डका विद्यार्थीलाई एक लाख सम्मान
पोखरा, २३ असार/ भर्खरै प्रकाशन भएको यस वर्षको एसईईको नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयबाट सहभागी भई ४ जिपिए ल्याएका जोन राना र सुदेश आचार्यलाई शनिबार विद्यालयमा आयोजित दीक्षान्त समारोहमा नगद रू ५०र५० हजार र सम्मानपत्रका साथ सम्मान गरिएको छ। संसारमा त्यो मानिस सफल हो जसले आफ्ना अभिभावकलाई सधैं खुसी राख्न सक्छ भन्दै ४ जिपिए ल्यउन सफल जोन राना र सुदेश आचार्यले पढाइमा आफूलाई समाहित गरेर निरन्तर अभ्यासमा जुट्न सके आशातीत नतिजा हासिल गर्न सकिने कुरा बताए । साथै अबको दुई… पुरा पढौ

3 Students from Pokhara Achieve Perfect GPA in SEE Results

पोखराको मदरल्याण्डका २ विद्यार्थीलाई ४ जिपिए
Ai edit Pokhara, 7 juli - The Secondary Education Examination (SEE) results were announced on Thursday, revealing that three students from Pokhara have secured a perfect GPA of 4. Among them, two students from Motherland Secondary School in Pokhara 7 and one student from Fishtel Academy in Pokhara 17 achieved this remarkable feat. John Ranamgar and Sudesh Acharya from Motherland Secondary School have both obtained a GPA of 4, according to the school's principal, Narayan Baral. Principal Baral praised their… पुरा पढौ

फिष्टेल एकेडेमीकि प्रनिसाले ४ जिपिए ल्याइन्

फिष्टेल एकेडेमी
पोखरा २१ असार/ पोखरा १७ विरौटा स्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचनले २०७९ को एसइइमा ४ जिपिए ल्याएर उत्तिर्ण भएकी छिन् । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् । विद्यालयका प्राचार्यका इन्द्र श्रेष्ठका अनुसार कास्की जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार ४ जिपिए ल्याउने उनि पहिलो छात्रा बनेकी छिन् । मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिनुभयो ।उहाँका अनुसार आइबी फिलोसफीमा रहेर विषयबस्तु अनुसारको अभ्यास… पुरा पढौ

पोखराको मदरल्याण्डका २ विद्यार्थीलाई ४ जिपिए

पोखराको मदरल्याण्डका २ विद्यार्थीलाई ४ जिपिए
पोखरा, २१ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखरा ७ को मदरल्याण्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याएका छन् । विद्यालयबाट परीक्षामा सम्मिलित १ सय ५१ परीक्षार्थीमध्ये २ जनाले ४ जिपिए ल्याएका छन् । जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएको विद्यालय प्राचार्य नारायण बरालले जानकारी दिए । मदरल्याण्डमा सानैदेखि पढ्दै आएका उनीहरु पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन पोखरा ३ नदीपुरका हुन् भने सुदेश पोखरा १७ बिरौटाका हुन्… पुरा पढौ