
शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैन– अध्यक्ष थापा
पोखरा ९ साउन/ पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् ।
सामुदायिक विद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए ।
थापाले बालबालिका सगँ वडा अध्यक्ष कार्यक्रम संचालन गरेको र कार्यक्रम प्रभाबकारी भएको बताए । उनले मासिक एक पटक कार्यक्रम संचालन गर्दै आएको बताए । थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनशिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र बिषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए ।
थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए । कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायत शुभकामना दिए ।





