कक्षा १२ को नतिजा सार्वजनिक

-


     क्लिक गण्डकी     
     श्रावण ३० गते २०८० मा प्रकाशित


राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं, ३० साउन/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ५१ दशमलव ९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ दशमलव ०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ ।



Tags: ,