शिक्षा

शिक्षा सेवी नारायण प्रसाद सिग्देलको स्मृतिमा छात्रवृत्ति दिन अक्षयकोष स्थापना

शिक्षा सेवी नारायण सिग्देलको स्मृतिमा छात्रवृत्ति दिन अक्षयकोष स्थापना
पोखरा, २२ भदौ/ शिक्षा सेवी स्व. नारायण प्रसाद सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण प्रसाद सिग्देले विद्यालयमा ३० वर्ष सम्म अध्यापन गराएका थिए । अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति… पुरा पढौ

एन प्याव्सन कास्कीको अध्यक्षमा हेमन्त, नीजि क्षेत्रको लगानीलाई अवमुल्यन गर्नहुदैनः मेयर आचार्य

एन प्याव्सन कास्कीको अध्यक्षमा हेमन्त, नीजि क्षेत्रको लगानीलाई अवमुल्यन गर्नहुदैनः मेयर आचार्य
पोखरा, १६ भदौ / नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित भएका छन् । समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् । कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजि क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताएका छन् । महत्वपूर्ण ऐन तथा… पुरा पढौ

हिसान कास्कीको वक्तृत्वकलामा प्रतिभा माविका महिमा र दिपाली प्रथम

हिसान कास्कीको वक्तृत्वकलामा प्रतिभा माविका महिमा र दिपाली प्रथम
पोखरा, ८ भदौ/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका नेपाल विधातर्फ प्रतिभाकी दिपाली अंग्रेजी विधातर्फ महिमा विश्वकर्मा प्रथम भएका छन् । नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए । यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् । अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको… पुरा पढौ

नानी शुक पुरस्कार नैनकुमार श्रेष्ठलाई

नानी शुक पुरस्कार नैनकुमार श्रेष्ठलाई
पोखरा, ५ भदौ/ नानी शुक स्मृति प्रतिष्ठानले यस वर्षको नानी शुक स्मृति शिक्षा पुरस्कार म्याग्दीको बेनीका शिक्षाप्रेमी एवं समाजसेवी ८१ वर्षीय नैनकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ । हरेक २ वर्षमा यो पुरस्कार प्रदान गरिने सो पुरस्कारको राशि २५ हजार ५ सय २५ साथमा ताम्रपत्र छ । प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्य पुण्यबहादुर हिराचन, सदस्य दीर्घसिंह लालचन र संरक्षक वीरेन्द्र हिराचन रहेको चार सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानका सहसचिव मखनलाल हिराचनले जनाए । २०६२ सालमा शुकबहादुर… पुरा पढौ

मदरल्याण्डका ३ विद्यार्थी कक्षा १२ को परीक्षामा नेपाल टप

मदरल्याण्डका ३ विद्यार्थी कक्षा १२ को परीक्षामा नेपाल टप
पोखरा, ३२ साउन/ राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । विज्ञान संकायतर्फ जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकायका राजेश पौडेलले सर्वाधिक ३.९६ जिपिए ल्याएका हुन् । जिपिएको आधारमा उनीहरु नेपाल टप नै भएको विद्यालयको दाबी छ । देशभरका अन्य अब्बल विद्यालयको नतिजा हेर्दा सर्वाधिक ३.९६ भन्दा बढी नदेखिएको प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्यले बताए । काठमाडौंको ट्रिनिटी र बुटवलको अक्सफोर्डका विद्यार्थीले पनि समान… पुरा पढौ

मदरल्याण्ड माविका ३ विद्यार्थीले कक्षा १२ मा ३.९६ जिपिए

मदरल्याण्ड मावि
पोखरा, ३१ साउन/ राष्ट्रिय परीक्षा वोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को परीषमा पोखराको मदरल्याण्डका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । गत बैशाखमा सम्पन्न परीक्षाको परीक्षफल अनुसार मदरल्याण्ड माविका विज्ञान संकाएका जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकाएका राजेश पौडेलले ३ दशमलव ९६ जिपिए ल्याएका विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए । परीक्षामा संलग्न विज्ञान समुहका २२६ र व्यवस्थापन समुहका १३० गरी ३५६ विद्यार्थीहरु मध्ये ३३९ विद्यार्थीहरु उतिर्ण हुन सफल भएको बरालले बताए । मदरल्याण्ड मावि एस… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं, ३० साउन/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ५१ दशमलव ९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ दशमलव ०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको… पुरा पढौ

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग
पोखरा, २६ साउन / प्रस्तावित शिक्षा विधेयक २०८० मा निजि विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजि विद्यालयका संगठनले विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विधेयक २०८० मन्त्रिपरिषदबाट पारित गरेसँगै निजि विद्यालयका संगठनले यसको असन्तुष्ट जनाउदै विरोध गरेका हुन् । कम्पनी मार्फत सञ्चालन विद्यालयहरुलाई ५ वर्ष भित्र गुठीमा रुपान्तरण र दायित्व फरफराकको विषयलाई समावेश गरी निजि लागानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने मात्र होइन मास्ने अभिप्रायका साथ विधेयक… पुरा पढौ

सामुदायिकमा विन्ध्यबासिनी मावि र सस्थागत तर्फ मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम

मदरल्याण्ड मावि
पोखरा, २४ साउन/ एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् । ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइ मा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ । कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो… पुरा पढौ

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ११ औ स्थापना दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । साउन २४ गते पोखरा ट्रेडमा सामुदायिक विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए । पोखरा ः पर्यटन र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सन्तोष कुमार घिमिरेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय सान्त्वना पुरस्कार क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँ… पुरा पढौ