
शिक्षकले विद्यालय बन्दको घोषणा, वार्तामा आउन सरकारको आह्वान
काठमाडौं, १ असोज/ सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासंघलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान अर्यालले महासंघलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन आह्वान गरेका छन् ।
महासंघले उठाएका कतिपय मागहरु विधेयकमा समावेश गरिएको विज्ञप्ति भनिएको छ । कतिपय मागहरु विधयेक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासंघलाई वार्तामा बोलाइएको जनाएको छ ।
मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई हार्दिक आग्रह गरेको छ । शिक्षा विधेयकप्रति असुन्तुष्टी जनाउँदै महासंघले संविधान दिवसदेखि देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिसकेको छ ।







