
हिसान कास्कीको वक्तृत्वकलामा प्रतिभा माविका महिमा र दिपाली प्रथम
पोखरा, ८ भदौ/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका नेपाल विधातर्फ प्रतिभाकी दिपाली अंग्रेजी विधातर्फ महिमा विश्वकर्मा प्रथम भएका छन् ।
नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए । यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् ।
अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो । जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गरिन् ।
यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ । नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय भइन् । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय भइन् ।
अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गरेका थिए । कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गरेका थिए । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गरेका थिए ।





