पोखराका चार शिक्षक र एक अध्यक्षलाई राष्ट्रिय शिक्षा पुरस्कार
पोखरा, २ असोज/ सरकारले शिक्षा दिवसको अवसरमा घोषणा गरेको राष्ट्रिय शिक्षा पुरस्कारबाट पोखरा पाँच शिक्षक परेका छन् ।
शिक्षा मन्त्रालयले मंगलबार पुरस्कृत हुने शिक्षक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष, विद्यालय कर्मचारीहरुको नाम सार्वजनिक भएको छ ।
पोखराको शीतलादेवी माध्यमिक विद्यालयका प्रधानध्यापक बाबुराम अधिकारी सामुदायिक विद्यालय तर्फ कास्कीका उत्कृष्ट प्रधानध्यापक बनेका छन् ।
निजी विद्यालयतर्फ एसओएस हर्मनमाइनर मावि प्रधानध्यापक चूडामणि सुवेदी, पोखरा ७ मासबारको मदरल्यान्ड माविका शिक्षक वामनकुमार घिमिरे र पोखरा ४ स्थित फेवा पब्लिक स्कूलका संस्थापक अचुत पाण्डेलाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।
व्यवस्थापन समितितर्फ पोखरा ३२ गगनगौंडाको गोगन माविका अध्यक्ष मेघराज पौडेल पुरस्कृत हुने भएका छन् ।