शिक्षा

प्रतिभा माविमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विभिन्न क्षेत्रमा उत्कृष्ट हासिल गरेका विद्यार्थीलाई पुरस्कार दिँदै ।
पोखरा, २४ फागुन/ यहाँस्थित प्रतिभा माविले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । उनै प्रतिश्पर्धाका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल तथा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका प्राचार्य किरण सापकोटा सहित विद्यालय संचालक तथा शिक्षकहरुले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयले यो वर्ष विज्ञान… पुरा पढौ

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (रुटिङ सहित)

राष्ट्रिय परीक्षा बोर्ड
पोखरा, ६ फागुन /राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ । सोही दिन… पुरा पढौ

संस्कृति संरक्षणमा जोड दिँदै मदरल्याण्डमा त्रिदिवसीय कला प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम

संस्कृति संरक्षणमा जोड दिँदै मदरल्याण्डमा त्रिदिवसीय कला प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम
पोखरा, २६ माघ/ पोखराको मदरल्याण्डमा बुधबार सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान शुक्रबार विद्यालय प्राङ्गणमा संस्कृति संरक्षणमा जोड दिँदै सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि बाह्रसम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको कुरा विद्यालय स्रोतले जानकारी दिएको छ। तीन दिनसम्म नै सङ्गीतमय बनेको त्यस विद्यालयको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण… पुरा पढौ

एसईई अक्षराङ्क पद्धति अनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने

एसइई
काठमाडौं, २५ पुस/ यो वर्षको एसईई परीक्षाफल अक्षराङ्क पद्धति अनुसार हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्क पद्धति अनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्मा बताए । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुने उनले बताए । यसले एसईई पूरा नभएको जनाउँछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने उनले बताए । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न सक्ने जनाउ यसअघि राष्ट्रिय… पुरा पढौ

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान
काठमाडौं, २० पुस/ त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो। यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो । आज प्रकाशित… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम
पोखरा, १९ पुस/ कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा विहिवार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः… पुरा पढौ

छोरेपाटन माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

छोरेपाटन माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
पोखरा, १८ पुस/ पोखरा महानगरपालिका वडा नंम्बर १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम भएका छन् । कार्यक्रम पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाह्ी योगी, सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी,… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीः एक लाख एक हजार १११ को अक्षयकोष स्थापना

राष्ट्रिय माविको हीरक जयन्तीः एक लाख एक हजार १११ को अक्षयकोष स्थापना
पोखरा, ७ पुस/ स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो चैतमा पुनमिलन समारोह गर्ने भएको छ । विद्यालयमा शनिबार बसेको पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सरोकारवालाहरुको भेलाले पुनमिलन समारोह गर्ने तय गरेको हो । भेलाले पुनमिलन समारोहका लागि ०३३ सालको ब्याचका विद्याथी एंव पछि शिक्षकको रुपमा विद्यालयमा काम गरेका वसन्तराज अधिकारीको संयोजकत्वमा पुनमिलन समारोह उपसिमित गठन गरेको छ । समितिको… पुरा पढौ

एन प्याव्सन कास्कीको बाल प्रतिभा पहिचान महोत्सव शुरु

एन प्याव्सन कास्कीको बाल प्रतिभा पहिचान महोत्सव शुरु
पोखरा, ६ पुस। नेशनल प्याव्सन कास्कीको आयोजनामा प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव–२०८० शुरु भएको छ । शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्यहरु प्राप्तिका लागि निरन्तर सक्रिय एन प्याव्सनले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्घेश्यले पुस ०६ गते देखि ०८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो । बृहत… पुरा पढौ

वातावरण शिक्षाका लागि मलेशिया र सिक्लेसको अन्नपूर्ण स्कूल बीच समझदारी

वातावरण शिक्षाकालागि मलेशिया र सिक्लेको अन्नपूर्ण स्कूल बीच समझदारी
पोखरा, ६ पुस/ कास्कीको सिक्लेसमा जलवायु परिवर्तन र यसका असरका विषयमा अध्ययन गर्न मलेशियाका विभिन्न स्कूलका वातावरण विषयका शिक्षक सिक्लेस आएका छन् । मलेशियाबाट आएका शिक्षकहरुले सिक्लेसको नजिकै रहेको कफुचे हिमतालको परिवर्तित अवस्था, सिक्लेसबाट देखिन अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौथो र लम्जुङ हिमालमा परेको ग्लोवल वामिङको असरको बारेमा स्थानीय संग अन्तरक्रिया गरेका थिए । मादी गाउँपालिका १ सिक्लेको अन्नपूर्ण माध्यामिक विद्यालय र मलेशियाका बटुकेप सहर स्थित एसएमके तामान सलायङ मावि बीच विद्यालयमा वातावरणीय शिक्षाका विषयमा कसरी प्रभावकारी बनाउने भन्ने वषयमा ज्ञान… पुरा पढौ