काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०८० मा प्रकाशित


काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल

काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल

पोखरा, २८ फागुन/ काइण्डनेस क्लब मदरल्याण्डकोे चौथो वर्ष साधारण सभाले कक्षा ७ ‘ख’ मा अध्ययनरत छात्रा सुवानी पौडेलको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा युकी के.सी. (७ ‘ख’, सचिबमा आलोक बराल (७ ‘घ’), कार्यव्यवस्थपकमा दिव्या ढुङ्गाना (६ ‘ङ’), सहकार्य व्यवस्थापकमा सुविन निधि तिवारी (५ ‘क’) चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कृतिका अधिकारी (५ ‘ख’), शुभेच्छा बराल (६ ‘ग’), आहान्या बिजुच्छे ४ ‘ख’, चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई निर्वतमान अध्यक्ष जानवी गौचनले अध्यक्ष सुवानी पौडललाई कार्यभार सुम्पिइन् । विद्यालय निर्देशक डा. त्रिभवन शर्मा, प्रधानाध्यापक नारायण बराल, विद्यालयका प्राइमरी इन्चार्ज केशु शर्मा लगाएतले शुभकामना दिदै नयाँ नयाँ कार्यक्रम लिएर समाज सेवामा लाग्न सुझाब दिए ।

विद्यालय उमेरदेखि नै दया, माया र करूणाको भाव जागृत गर्ने तथा सेवा, सद्भाव, हार्दिकता र संवेदनशीलता जस्ता मानवीय गुणहरूलाई अभिवृद्धि गर्ने अभिप्रायले क्लब स्थापना गरेको थियो ।