एसईई अक्षराङ्क पद्धति अनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८० मा प्रकाशित


एसइई

see

काठमाडौं, २५ पुस/ यो वर्षको एसईई परीक्षाफल अक्षराङ्क पद्धति अनुसार हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ ।

अक्षराङ्क पद्धति अनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्मा बताए । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुने उनले बताए । यसले एसईई पूरा नभएको जनाउँछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने उनले बताए । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न सक्ने जनाउ यसअघि राष्ट्रिय परीक्षा बोर्डले दिएको थियो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्मा ती जिल्लाको स्थलगत अनुगमन गरेर फर्किए पछि एसईई तोकिएकै समयमा हुने बताए ।
बोर्डले यस वर्षको एसईई आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

चैत ६ गतेबाट परीक्षा सञ्चालन हुनसक्ने बताइएको छ । यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार ४ सय ४४ जनाले रजिष्ट्रेसन फाराम भरेको छन् ।



Tags: