शिक्षा

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित
पोखरा, ८ बैशाख/ पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. राघवलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक… पुरा पढौ

भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग

भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग
लेखनाथ, ३ बैशाख/ भारतीय दुतावासले पोखरा महानगरपालिकाका दुई विद्यालयलाई सवारी साधन बस उपलब्ध गराएको छ ।दुतावासले आईतबार काठमाण्डौंमा हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाईएको हो । दुतावासले सवारी बसको चावी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको थियो ।सोमबार पोखरा आईपुगेका दुईवटा बस विद्यालयलाई बुझाउँदै अध्यक्ष थापाले सवारीसाधनको सुविधाले विद्यालय शिक्षाको गुणस्तर बृद्धि हुनेमा आशावादी रहेको बताए । विपन्न नागरिकका छोराछोरीलाई विद्यालयसम्म आउने जाने व्यवस्थाका लागि सवारी साधनको प्रयोग गर्ने गरी… पुरा पढौ

इक्यान कास्कीको इडीयू ३६०ः पोखरामा चैत ३० गते बृहत शैक्षिक बहस

इक्यान कास्कीको इडीयू ३६०ः पोखरामा चैत ३० गते बृहत शैक्षिक बहस
पोखरा, २६ चैत/ नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते इडीयू ३६० नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो । एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश… पुरा पढौ

जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप

जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप
पोखरा, २२ चैत/ त्रिभुन विश्वविद्यालयले सञ्चालन गरेको म्यानेजम्यान्ट अन्तरगत विविए र विआइएममा पोखराका विद्यार्थीले नेपाल टेपका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी अबिसेक शर्माले विआइएम तेस्रो सेमिस्टरमा नेपाल टप गरेका हुन् । उनले ४ जिपिए ल्याउदै नेपालमा उत्कृष्ट भए । त्यसै गरी परिर्वतन शर्मा र प्रकृति बरालले ३ दशमल ९९ जिपिए ल्याउदै दोस्रो भएका छन् । विविए दोसो वर्षको परीक्षाफलमा रिया अधिकारी र सौगात भुसाालले ३ दशमलव ९८ जिपिए ल्याउदै नेपालभरबाट दोस्रो हुन सफल भएका छन् । पुरा पढौ

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

पोखरा महानगरपालिका
पोखरा, १९ चैत्र/ पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो । एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको… पुरा पढौ

गण्डकी प्रदेशमा ४० हजार, कास्कीमा १० हजार विद्यार्थी एसइईमा सहभागी

गण्डकी प्रदेशमा ४० हजार, कास्कीमा १० हजार विद्यार्थी एसइईमा सहभागी
पोखरा, १५ चैत/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गण्डकी प्रदेशबाट ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रदेशबाट नियमित तर्फ ३९ हजार ४२, प्राविधिक धार तर्फ १ हजार ३ सय ९० जना र ग्रेड वृद्धि तर्फ ४ सय ८६ जना गरी ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएको शिक्षा बिकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले जानकारी दिए । ११ जिल्लाका १ हजार ३ सय ३२ विद्यालयका विद्यार्थीलाई २ सय १४ परीक्षा केन्द्र रहेका… पुरा पढौ

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
पोखरा, ११ चैत्र / पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं.… पुरा पढौ

एक्सपर्ट एजुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

Expert Edu Conclave
पोखरा, ७ चैत /विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै Expert Edu Conclave आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम Expert Edu Conclaveआयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म… पुरा पढौ

नयाँ व्यवस्थापनका साथ हिलसाइड अङ्ग्रेजी मावि

नयाँ व्यवस्थापनका साथ हिलसाइड अङ्ग्रेजी मावि
पोखरा, ४ चैत्र /गुणस्तरीय व्यावहारिक शिक्षाः हाम्रो सदीक्षा भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालय शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्ने तयारीमा छ । पोखरा ५ मालेपाटनमा रहेको नेपालको शिक्षा क्षेत्रमा अब्बल पहिचान बनाएको प्रसिद्ध शैक्षिक प्रतिष्ठानमा लामो समयदेखि अनुभव सँगाल्नुभएका कुशल व्यक्तित्व डिल्लीराम भट्टराईले हिलसाइडको अबको नयाँ नेतृत्व लिने विषय विद्यालय निर्देशक लीला पराजुलीले बताए । शैक्षिक क्षेत्रमा लामो समय अनुभव लिएका होमनाथ भट्टराई र अञ्जु पोडेल पनि हिलसाइडको शैक्षिक विकासमा जोडिने कुरा विद्यालय जानकारी… पुरा पढौ

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान
पोखरा, २ चैत /बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।… पुरा पढौ