शिक्षा

इक्यान कास्कीको इडीयू ३६०ः पोखरामा चैत ३० गते बृहत शैक्षिक बहस

इक्यान कास्कीको इडीयू ३६०ः पोखरामा चैत ३० गते बृहत शैक्षिक बहस
पोखरा, २६ चैत/ नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते इडीयू ३६० नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो । एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश… पुरा पढौ

जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप

जनप्रिय क्याम्पसका विद्यार्थी नेपाल टप
पोखरा, २२ चैत/ त्रिभुन विश्वविद्यालयले सञ्चालन गरेको म्यानेजम्यान्ट अन्तरगत विविए र विआइएममा पोखराका विद्यार्थीले नेपाल टेपका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी अबिसेक शर्माले विआइएम तेस्रो सेमिस्टरमा नेपाल टप गरेका हुन् । उनले ४ जिपिए ल्याउदै नेपालमा उत्कृष्ट भए । त्यसै गरी परिर्वतन शर्मा र प्रकृति बरालले ३ दशमल ९९ जिपिए ल्याउदै दोस्रो भएका छन् । विविए दोसो वर्षको परीक्षाफलमा रिया अधिकारी र सौगात भुसाालले ३ दशमलव ९८ जिपिए ल्याउदै नेपालभरबाट दोस्रो हुन सफल भएका छन् । पुरा पढौ

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

पोखरा महानगरपालिका
पोखरा, १९ चैत्र/ पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो । एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको… पुरा पढौ

गण्डकी प्रदेशमा ४० हजार, कास्कीमा १० हजार विद्यार्थी एसइईमा सहभागी

गण्डकी प्रदेशमा ४० हजार, कास्कीमा १० हजार विद्यार्थी एसइईमा सहभागी
पोखरा, १५ चैत/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गण्डकी प्रदेशबाट ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रदेशबाट नियमित तर्फ ३९ हजार ४२, प्राविधिक धार तर्फ १ हजार ३ सय ९० जना र ग्रेड वृद्धि तर्फ ४ सय ८६ जना गरी ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएको शिक्षा बिकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले जानकारी दिए । ११ जिल्लाका १ हजार ३ सय ३२ विद्यालयका विद्यार्थीलाई २ सय १४ परीक्षा केन्द्र रहेका… पुरा पढौ

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता

पोखरा ९ नम्बर वडाका स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
पोखरा, ११ चैत्र / पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं.… पुरा पढौ

एक्सपर्ट एजुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

Expert Edu Conclave
पोखरा, ७ चैत /विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै Expert Edu Conclave आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम Expert Edu Conclaveआयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म… पुरा पढौ

नयाँ व्यवस्थापनका साथ हिलसाइड अङ्ग्रेजी मावि

नयाँ व्यवस्थापनका साथ हिलसाइड अङ्ग्रेजी मावि
पोखरा, ४ चैत्र /गुणस्तरीय व्यावहारिक शिक्षाः हाम्रो सदीक्षा भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालय शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्ने तयारीमा छ । पोखरा ५ मालेपाटनमा रहेको नेपालको शिक्षा क्षेत्रमा अब्बल पहिचान बनाएको प्रसिद्ध शैक्षिक प्रतिष्ठानमा लामो समयदेखि अनुभव सँगाल्नुभएका कुशल व्यक्तित्व डिल्लीराम भट्टराईले हिलसाइडको अबको नयाँ नेतृत्व लिने विषय विद्यालय निर्देशक लीला पराजुलीले बताए । शैक्षिक क्षेत्रमा लामो समय अनुभव लिएका होमनाथ भट्टराई र अञ्जु पोडेल पनि हिलसाइडको शैक्षिक विकासमा जोडिने कुरा विद्यालय जानकारी… पुरा पढौ

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान

हरिवंश र प्रकाश सपुतलाई प्रतिभा माविको सम्मान
पोखरा, २ चैत /बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल

काइण्डनेस क्लब मदरल्याण्डको अध्यक्षमा सुवानी पौडेल
पोखरा, २८ फागुन/ काइण्डनेस क्लब मदरल्याण्डकोे चौथो वर्ष साधारण सभाले कक्षा ७ ‘ख’ मा अध्ययनरत छात्रा सुवानी पौडेलको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युकी के.सी. (७ ‘ख’, सचिबमा आलोक बराल (७ ‘घ’), कार्यव्यवस्थपकमा दिव्या ढुङ्गाना (६ ‘ङ’), सहकार्य व्यवस्थापकमा सुविन निधि तिवारी (५ ‘क’) चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कृतिका अधिकारी (५ ‘ख’), शुभेच्छा बराल (६ ‘ग’), आहान्या बिजुच्छे ४ ‘ख’, चयन भएका छन् । नयाँ कार्यसमितिलाई निर्वतमान अध्यक्ष जानवी गौचनले अध्यक्ष सुवानी पौडललाई… पुरा पढौ

सामुदायिकमा विन्ध्यबासिनी मावि र सस्थागत तर्फ मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम

सामुदायिकमा विन्ध्यबासिनी मावि र सस्थागत तर्फ मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम
पोखरा, २७ फागुन/ एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् । यी दुई विद्यालय पोखरा महानगरपालिकामा पनि प्रथम भएका छन् । ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइमा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ । कास्की जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा… पुरा पढौ