भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग

-


     क्लिक गण्डकी     
     वैशाख ३ गते २०८१ मा प्रकाशित


भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग

भारतीय दुतावासले पोखराका दुई विद्यालयलाई बस सहयोग

लेखनाथ, ३ बैशाख/ भारतीय दुतावासले पोखरा महानगरपालिकाका दुई विद्यालयलाई सवारी साधन बस उपलब्ध गराएको छ ।
दुतावासले आईतबार काठमाण्डौंमा हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाईएको हो ।

दुतावासले सवारी बसको चावी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको थियो ।
सोमबार पोखरा आईपुगेका दुईवटा बस विद्यालयलाई बुझाउँदै अध्यक्ष थापाले सवारीसाधनको सुविधाले विद्यालय शिक्षाको गुणस्तर बृद्धि हुनेमा आशावादी रहेको बताए ।

विपन्न नागरिकका छोराछोरीलाई विद्यालयसम्म आउने जाने व्यवस्थाका लागि सवारी साधनको प्रयोग गर्ने गरी योजना बनाउन आग्रह गरे ।

अध्यक्ष थापाले आगामी आर्थिक बर्षको बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने उल्लेख गर्दै, सवै विद्यालयले वडा शिक्षा समितिले निर्माण गरेको शैक्षिक क्यालेण्डर अनुसार चल्न सुझाव दिए ।

सामुदायिक विद्यालयको शिक्षामा गरिएको लगानीले सोचेजति प्रतिफल प्राप्त गर्न नसकेको उल्लेख गर्दै, अध्यक्ष थापाले विद्यार्थीको ड्रपआउटले थप चिन्तित बनाएको बताए ।

अध्यक्ष थापाले श्रोत र साधनको अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्कन नहुने उल्लेख गर्दै, शैक्षिक सुधारका लागि सहयोग गर्ने प्रतिवद्धा जनाए ।

भवानी कालिका मा.वि व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, प्रधानाध्यापक रमेश भट्टराई, लक्ष्मी मा.वि का प्रधानाध्यापक जगन्नाथ अधिकारी, सहायक प्रधानाध्यापक विष्णु प्रसाद तिवारीले विद्यालयमा बस उपलब्ध गराउन भूमिका खेल्नेहरुलाई धन्यवाद दिएका थिए ।

पोखरा २६ बिजयपुरमा रहेको भवानी कालिकामा भण्डै चार सय र अर्घौमा रहेको लक्ष्मी मा.वि मा झण्ड्रै नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । दुवै विद्यालयलाई विद्यार्थीको संख्या बृद्धि चुनौतीका रुपमा रहेको छ ।



This will close in 10 seconds